नियम ३०
मूल नियमावलीको नियम ६४ मा संसोधन
मूल नियमावलीको नियम ६४ को,–
(१) खण्ड (ग) को सट्टा देहायको खण्ड (ग) राखिएको छ ः–
“(ग) बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रदाता वा निजको अधिकार प्राप्त प्रतिनिधिको सहिछाप भई नआएको ।”
(२) खण्ड (ज) पछि देहायको खण्ड (ज१) थपिएको छ ः–
“(ज१) निर्माणकार्यको परिमाण सूची (विल अफ क्वान्टीटी) को प्रत्येक आइटमको दररेट भरी नआएको,”